
तानसेन ।पाल्पाको रामपुर क्षेत्रमा कालिगण्डकीले बगाएर ल्याएको दुई वटा शव फेला परेको छ ।
रामपुर नगरपालिकाको बेग्ला बेग्लै स्थानमा बिहिबार दिउँसो २ वटा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिका वडा नं. ८ हेस्दीमा अन्दाजी ४० वर्षिय पुरुषको शव फेला परेको छ ।
यस्तै रामपुर ८ कै भुजात सिद्दबाबामा सोही उमेर समुहको अर्को पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पालपाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।
फेला परेका शवहरु सडेको अवस्थामा फेला परेको तथा शवको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरी प्रवक्ता त्वातीले जानकारी दिए ।