माथागढीमा २२ जनालाई तीन दिने आधारशिला तालिम

माथागढी। माथागढी गाउँपालिकामा तीन दिने आधारशिला तालिम सम्पन्न भएको छ ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तरगत बेस नेपाल पाल्पाको आयोजना तथा माथागढी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा संचालित तालिम आइतबार सम्पन्न भएको हो ।

‘भोकालाई एक छाक भोजन होईन , जिउने जुक्ति सिकाऔँ ‘ भन्ने मुलनाराका साथ सुरु भएको तालिममा पालिका भित्रका २२ जना सहभागी भएका थिए ।

जीवन परिवर्तन र सकारात्मक सोच पैदा गर्न तथा सहभागिता मुलक स्वसमिक्षा तथा योजना तर्जुमाको महत्व तथा आवश्यकता र प्रयोगका बारेमा तालिममा छलफल गरिएको थियो ।

तालिममा हेफर नेपालमा वरिष्ठ तालिम अधिकृत सकुन्तला रसाईलीले नेतृत्व, नेतृतवशैली र स्व–नेतृत्व, सहज जीवनयापनका लागि १२ वटा महत्वपूर्ण आधारशिलाहरु, स्रोत साधनको पहिचान, व्यवस्थापन परिचालन र संरक्षण कसरी गर्ने विषयमा प्रशिक्षण दिएकी थिइन ।

तालिमको समापन गर्दै गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले हेफरसंगको सहकार्य छोटो समय भए पनि दिगो रुपमा रहन सक्ने कार्य गर्न सहज भएको बताइन ।

उनले तालिमबाट धेरै चुनौतीहरु थपिएको भए पनि काम गर्न र जीवन परिवर्तन सजिलै तरीकाले संचालन गर्न सिकाएको भन्दै मानविय कुरालाई परिमार्जन गर्न पालिकाले सक्दो कार्य तत्काल अगाडि बढाउने बताइन् । ्यर

स्तै तालिममा सहभागी माया बस्याल र नित्यनन्द खनालले सकारात्म विकासका लागि हेफरको आधारशिला तालिमको टुल्स अत्यन्तै प्रभाकारी भएकाले बताए ।

उनीहरुले अहिले लिगेको तालिमबाट आफु परिवर्तन हुदै आफ्ना गाउँठाउँमा सकारात्मक परिवर्तनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका थिए ।

तपाईको प्रतिक्रिया