तानसेन । जिल्ला जनगणना कार्यालय पाल्पाले १२ औं राष्ट्रिय जनगणनाका विषयमा पत्रकारसंग अन्तरक्रिया गरेको छ ।

आइतबार पत्रकार महासंघ पाल्पाको सभाहलमा भएको अन्तरक्रियामा जिल्लामा जनगणनाको तयारी र अहिलेसम्मको अवस्थाका बारेमा कार्यालयका प्रमुख भविश्वर घिमिरेले जानकारी दिएका थिए ।

प्रमुख घिमिरेले गणकहरु प्रत्येक घरधुरीमा गएर सत्य, तथ्य तथ्यांक संकलन गर्ने र जो जहाँ छ तेहीबाट जनगाण्ना गरिने बताए । सकेसम्म सहि तथ्यांक निकाल्न कार्यालयले प्रयास जारी रहेको बताउदै उनले भने, मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको जनगणनामा राष्ट्रिय महत्वका विविध विषयमा तथ्यांक संकलन गरिने बताए ।

पत्रकारहरुले राखेको जिज्ञासामा प्रमुख घिमिरेले भने, जनगणनामा सोधिने प्रश्न र प्राप्त उत्तर गोप्य रहने, खाली घर,घरको प्रयोजन,आम्दानी,शैक्षिक अवस्था रोजगारी लगायतका बिषयको तथ्याङ्क संकलन गरिने जानकारी दिए ।

अहिले ६ महिना भित्र बसोबास गरेको स्थाबाटै गणना गरिने व्यवस्था रहेको पमुख घिमिरेले बताए । अब पाल्पामा दोस्रो चरणमा कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म जनगणना र जसका लागि सबै स्थानीय तहमा गरि कूल तीन सय ७८ जना गणक खटिने भउका छन् ।

यसअघि भएके २० निदको सर्वेक्षणमा ९४ जना सुपरिवेक्षकले पहिलो चरणको कार्य गरिरहेको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया