पाचँथरमा बस दुर्घटना कम्तिमा ४० जना घाइते

काठमाडौं । पाँचथरको फिदिमदेखि झापाको दमक चल्ने बस दुर्घट्ना हुँदा कम्तिमा ४० जना घाइते भएका छन् ।

को १ ख ३८६५ नम्वरको बस फिदिम ४ सरखण्डेमा दुर्घट्ना भएको हो । बस अनियन्त्रित भइ दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

घाइते मध्ये केहीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । बसमा ६० भन्दा धेरै यात्रु रहेको बताइएको छ । बस सडकदेखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको पाँचथर अस्पताल, पाथिभरा र समर्पित अस्पतालमा उपचारका लागि लगिएको पनि प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया