
तानसेन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तानसेन नगरको प्रथम अधिवेशनबाट गुराँस आत्रेय निर्विरोध निर्वाचित भएका छन् ।
मंगलबार भएको अधिवेशनबाट आत्रेयको नेतृत्वमा नँया कमिटी गठन भएको छ । नगर उपाध्यक्षमा शशि श्रेष्ठ, सचिवमा महेशलाल शाक्य, उपसचिव मित्रलाल नेपाली र थानिमाया सोमै लगायतको कमिटी निर्वाचित भएको हो ।
प्रथम नगर अधिवेशनले ७४ सदस्यीय नगर सदस्य समेत चयन गरेको छ ।