लाइसेन्सको अनलाइन आवेदन फेरी बन्द!

काठमाडाैं। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि दिने अनलाइन आवेदन फेरी बन्द भएको छ। प्राविधिक समस्या देखिएकाले सेवा बन्द गर्नु परेको यातायात व्यवस्था विभागले जनाएको छ।

कोभिड महामारीका कारण  ६ महिनादेखि अनलाइन आवेदन प्रणाली बन्द थियो। गत सोमबारदेखि सुरू भएको सेवा पुनः बन्द भएको हो।

‘सेवाग्राहीलाई हुने असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।  विभागले अनलाइन प्रणाली मर्मतको कार्य भइरहेको बताएको छ।

अनलाइन मर्मतकाे काम सकिएपछि भने पुनः आवेदन खुलाउने विभागले जनाएकाे छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको