आलु पकेट क्षेत्र बनाउन अर्गलीका किसानलाई बीउ वितरण

पाल्पा। तानसेन नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) र ग्रामीण आर्थिक विकास संघ(रेडा)को आयोजनामा पाल्पाको तानसेन नगरपालिका वडा नं. १४ अर्गलीमा बीउ आलु हस्तान्तरण गरिएको छ ।

तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहीले उन्नत बीउ आलु उत्पादन समुहका अध्यक्ष मोतिलाल न्यौपानलेलाई  हस्तान्तरण गरेका हुन्  । समुहमा आवद्ध २ सयबढी किसानका लागि १७८ क्विन्टल आलुकाे बीउ सहयोग गरिएको हो ।
तानसेन नगरपालिकाको अर्गलीलाई आलु उत्पादनको नमुना गाउँ बनाउन खोजिएको तानसेन नगरपालिका प्रमुख शाहीले बताए । कृषि उत्पादनबाट मात्र समृद्धि हासिल हुने भएकोले हाम्रो वरपर उत्पादित बस्तुहरुमा भविष्य खोजिनुपर्ने नगर प्रमुख शाहीले बताए ।  कार्यक्रममा तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेयले स्थानीय स्तरमा उत्पादित आलु खेतीलाई तानसेन नगरपालिकाले विशेष प्राथमिकता राखी अर्गलीमा आलुको बीउ वितरण गरिएको बताए ।
कार्यक्रममा ग्रामीण आर्थिक विकास संघ(रेडा)का कार्यकारी निर्देशक लिला बहादुर कार्कीले व्यावसायिक रुपमा आलु उत्पादन गरी आम्दानी गर्न आलुको बीउ वितरण गरिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भटट्राई, तानसेन १४ का नेकपा एमालेका वडाध्यक्ष शोभाकर भटटराई, नेपाली काँग्रेसका वडाध्यक्ष ददीराम न्यौपाने, नेकपा माओवादी केन्द्रका वडाध्यक्ष लक्ष्मण भटट्राई, वडाध्यक्ष कमल रानाले व्यावसायिक रुपमा आलु उत्पादन गरी नमुना बन्नुपर्ने सुझाव दिए ।
कार्यक्रम वडाध्यक्ष कमल रानाको अध्यक्षता र रेडाका पशुप्राविधिक वीरेन्द्र थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer