
तानसेन । पाल्पाको तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । गाईको दुधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुँदै आएको हो ।
पाल्पामा उत्पादित छुर्पी पोखरा, काठमाडौं हुँदै विदेश अमेरिका निर्यात हुँदै आएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाका प्रमुख डा.चन्द्र बहादुर रानाले बताए।
पाल्पाबाट काठमाडौं गएको छुर्पी अमेरिकामा कुकुरलाई आहाराका खुवाउने चलन छ । त्यसैले पाल्पा उत्पादित छुर्पी काठमाडौंमा संकलन गरी अमेरिका पठाउने गरिएको प्रमुख डा. रानाले बताए ।

पाल्पामा पछिल्ला वर्ष व्यावसायिक रुपमा पशुपालनसँगै दुध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । जसअनुसार उत्पादित भैँसीको दुधको खपत सहज रुपमा हुँदै आएको छ । तर गाईको दुधको माग भने न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा नीजि डेरीबाट छुर्पी उत्पादन गर्न आकर्षित भएका हुन ।
पाल्पाको तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले विस २०५२ सालमा तीन लिटर दुध बोकेर डेरीमा ल्याउन थाले, किसानले उत्पादनको गरेको दुधको उचित मूल्य नपाउँदा बजारको समस्याले हैरानी भयो उनले भने-”छुर्पीका निम्ति प्रख्यत इलाममा पुगी छुर्पी उत्पादन गर्न सिकेपछि दुध खपत गर्न र आम्दानी गर्न सहज भएको उनको भनाई छ।”
खरेलले स्थानीय स्तरमा उत्पादित गाईको दुधको खपत गर्न वि.स. २०७६ सालदेखि तानसेन नगरपालिका ७ काजीपौवा गोरस घर तथा जय किसान डेरी स्थापना गरेका हुन् । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाको सहयोगमा चिज तथा छुर्पी उद्योगमा दुधजन्य परिकार उत्पादन हुन्छ ।
छुर्पी उद्योगका सञ्चालक खरालले भने, “पहिला पहिला दुध विक्री गर्न समस्या हुँदै आएको थियो । दुध विक्री हुन छाडेपछि आफैले दुध बोकेर ल्याउनुपर्ने बाध्यता रहेको थियो ।” त्यसपछि दुध डेरी सञ्चालन गरी ताजा र स्वच्छ दुध खुवाउन थालिएको छ । खरालले स्थानीय स्तरमा दुधको खपत हुँदा राम्रो मूल्य पाउने भएकाले दुधको विविधिकरण गर्न शुरुवात गरिएको हो ।
किसानले उत्पादित दुधको सहज रुपमा खपत गर्न पाल्पामा छुर्पी उत्पादन हुन थालेको छ ।
छुर्पी खाउँ, सुर्ती हटाउँ भन्ने अभियानका साथ सञ्चालित उद्योगले अहिले स्वदेशमै आम्दानीसँगै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गरेको छ ।
दुधलाई प्रशोधन गरी छुर्पी उत्पादन हुन्छ । यहाँबाट दैनिक ५५ हजार छुर्पी जिल्ला बाहिर निर्यात हुन्छ । उपभोक्तालाई चाहिने दुध, दही र पनिरबाट बाँकी रहेको दुधको छुर्पी उत्पादन गरी किसानलाई मिल्क होलीडेयबाट बञ्चित गराउने सञ्चालक खरालले बताए ।
पाल्पामा दुधको विविधिकरण गर्न थप जनशक्तिको आवश्यक पर्ने हुँदा पाल्पामा झण्डै छुर्पी उद्योगबाट २० भन्दा बढी युवाले रोजगारी पाएका छन् ।
न्यूनतम १३ हजार देखि २७ हजारसम्म आम्दानी गर्न सफल बनेको जिल्ला भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ ।
पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ छहराका नारायण बहादुर रायमाझी सन् २०१३ सालमा विदेशबाट फर्किएपछि लामो समय बेरोजगार हुनु परेको बताउछन् ।
कार्कीले जिल्लाभित्र छुर्पी उद्योगमा काम अवसर पाएपछि खुसी भएका छन् । छुर्पी उद्योगमा रायमाझी जस्तै विदेशबाट फर्केका युवाहरुले रोजगारी पाएका छन् । उनीहरु स्थानीय स्तरमा रोजगारी पाएपछि खुसी लागेको बताउछन्।
दुधको नयाँ नयाँ परिकार उत्पादनसँगै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना भएको छ । पाल्पाको तानसेन र रामपुर नगरपालिकाभित्र सञ्चालित छुर्पी उद्योगबाट तीन हजार किसान लाभान्ति भएका छन् ।