
तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले बलात्कारको प्रयास गर्ने प्रतिवादीलाई पक्राउ गरेको छ।
गत कार्तिक १ गते बाख्रा चराउन गएकी महिलालाई जबर्जस्ती करणीको प्रयास गरी फरार रहेका पुरुषलाई प्रहरीले रामपुरबाट पक्राउ गरेको हो ।
बाख्रा चराउन गएको बेला रामपुर नगरपालिका वडा नं.१, की २६ वर्षीया महिलालाई सोही स्थानका ३३ वर्षीय महेन्द्रबहादुर पुलामीले जबर्जस्ती करणी प्रयास गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार करणीको प्रयास गरेर फरार रहेका पुलामीलाई घर नजिकैबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला अदालतमा पठाइएको छ ।
पाल्पा प्रहरीले चाडपर्वका बेला हुनसक्ने यस्ता घटनाबाट सचेत रहन पनि सन्देश प्रबाह र माइकिङ्ग गर्दै आएको जनाएको छ ।