हराएकी बुहारी खोजदिन रामबहादुरको आग्रह

तानसेन। तानसेन नगरपालिका वडा नं. ५ की ३८ वर्षीया मना घर्ती हराएपछि बुहरीको खोजी गरिदिन ससुराले आग्रह गरेका छन् ।

वडा नं. ५ को डिहिबाँरी घर भएकी बुहारी गत कार्तिक ७ गते साझदेखि हराएपछि उनको खोजी गरिदिन शसुरा रामबहादुर घर्तीले आग्रह गरेका हुन् ।

मानसिक अवस्था असामान्य रहेकी घर्तीले घरमा जानकारी नदिई हिडेपछि हालसम्म सम्पर्कमा नआएको हुँदा खोजीकार्यमा सहयोगको अपेक्षा गरेको ससुरा राम बहादुरले बताए । दुईसातासम्म पनि बुहारी सम्पर्कमा नआएपछि प्रहरी तथा सामाजिक संजालमार्फत उनले बुहारीको खोजी गर्दै आएका छन् ।

IMG_0001 (1)

घर्तीले बुहारीलाई देख्ने जो कोहीले पनि आफ्नो मोवाइल नं.९८४७२१९२९२ अथवा नजिकको प्रहरी कार्यालयमा जानकारी दिई सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया