
तानसेन । बगनासकाली बहुउद्देश्यीय सहकारी र ग्रामीण स्वाबलम्बन विकास केन्द्रको आयोजनामा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । कोभिड संक्रमणको न्यूनीकरण नभइसकेकोले कोभिडबाट सुरक्षित रहन र उपचारका निम्ति चाहिने साम्रगी गाउँपालिकाभित्रका स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो ।
बगनासकाली सहकारीको अगुवाईमा अक्सिजन कन्सन्ट्रेटर २ थान, अक्सिजन फ्लोमिटर २ थान, अक्सिजन सिलिण्डर २, अक्सिजन सिलिण्डर रेञ्च १, पल्स अक्सिमिटर ५, प्यासेन्ट मोनिटर २, भिटिएस २००, ऐन्जिेटन्ट किट तीन सय, पिपिई ३० थान, सेनिटाइजर सय लिटर, एक्जामिनेशन ग्लोबल ३० पाकेट, सेडियम हाइडोक्रोराइट ५० लिटर, सर्जिकल मास्क ५ हजार पिस, आइसुलेशन बेड तीन थान, ब्लांकेट १, बेड कभर १० थान पिलो कभर १० थान हस्तान्तरण गरिएको हो ।
त्यसैगरी, आइबीस्ट्ण्ड ५, ह्यिलचियर २, डिजिटल विसीसेट ५, थर्मनलगन २, अटोमेटिक ह्याण्ड डायर १ फोहोर डिस्पोज बकस १, टर्चलाइट पाँच, स्टथेस्कोप ५, ह्याडबाँस डिटोल ५ लिटर स्थानीय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको सहकारीले जनाएको छ ।
बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले बगनासकाली गाउँपालिकाको बराङ्दीको घिमिरेडाँडामा सञ्चालन गर्न लागेको आइसोलेसन सेन्टरसहित चापपानी स्वास्थ्य चौकी, नायरनम्तलेस स्वास्थ्य चौकी, खानीछाप स्वास्थ्य चौकीलाई गरी २० लाख रुपैयाँ लगानीमा स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको अध्यक्ष कृष्ण भूसालले बताए।
जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका र सहकारी संस्थाका पदाधिकारी सदस्यहरुलाई कोभिडबाट सुरक्षित रहन तालिम सञ्चालन गर्न लागेको हो ।
तालिम सञ्चालन पछि कोभिडबाट बगनाकाली गाउँपालिकाभित्रका नागरिकहरु सुरक्षित रहन सहयोग पुग्ने अध्यक्ष भूषालले बताउनुभयो । सहकारीले आफ्नै भवनमा सञ्चालन गर्न लागेको आइसोलेसनका लागि स्थानीय स्वास्थ्य चौकी सहित स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुसँग सहकार्य हुने अध्यक्ष बस्यालले बताए ।
कार्यक्रममा बगनासकाली–८ का वडा अध्यक्ष गणेशप्रसाद बस्याल, ग्रामीण स्वाबलम्बन विकास केन्द्रका प्रतिनिधि हर्ख बहादुर सुनुवारले कोभिडबाट सुरक्षित रहनुपर्ने र स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच पुग्न आवश्यक रहेकोले सामग्री हस्तान्तरण गरेको बताए ।
जिल्ला सहकारी संघका अध्यक्ष भुपति पाण्डे, जिल्ला बचत संघका अध्यक्ष जगदिश भट्टराई, स्वास्थ्य कार्यालय पाल्पाका प्रतिनिधि मधुसुधन भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञमूर्ति तिमिल्सिनाले असुरक्षाका कारण कोभिड संक्रमणको जोखिम उच्च हुने र कोभिडबाट सुरक्षित रहन स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने बताए ।
सचिव कमलराज तिमिल्सेनाको सहकारीका सदस्यका आयआर्जनसँग स्वास्थ्य सुरक्षिाका क्षेत्रमा समेत काम गर्दै आएको बताए ।सहकारीका माध्यमबाट यस क्षेत्रमा व्यावसायिक रुपमा भैँसीपालन, खुर्सानी खेती हुँदै आएको छ ।