पाल्पामा ट्याक्टर चोरी गर्ने झापाका युवक दमौलीबाट पक्राउ

तानसेन ।पाल्पामा ट्याक्टर चोरी गरी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

तिनाउँ गाउँपालिका वडा नं. ४ मा रहेको राजेश्वर कन्स्ट्रक्सनको ट्याक्टर चोरी गरेर फरार रहेका झापाको विर्तामोड नगरपालिका वडा नं.९ का २५ वर्षीय राजेश राय क्षेत्रीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले दिएको जानकारी अनुसार लु ४ त ६९८६ नम्बरको न्यू होल्याण्ड ट्याक्टर गत २४ गते राती ८ः२० बजेको समयमा तिनाउँ ६ खरापानीबाट ट्याक्टर चोरी भएको हो ।

चोरी भएको ट्याक्टरसहित जिन क्षेत्रीलाई तनहुँको दमौलीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी चौकी दमौलीको समन्वयमा निजलाई नियन्त्रणमा लिन सफल भएको सूचना अधिकारी त्वातीले बताए ।

तपाईको प्रतिक्रिया