पाल्पामा आरन सञ्चालनमा कच्चा पदार्थ र कामदारको अभाव

पाल्पा । पाल्पामा आरन व्यवसाय सञ्चालनमा समस्या देखिएको छ । पछिल्ल्ला वर्षहरुमा परम्परागत आरन व्यवसाय सञ्चालनमा दक्ष कामदार, कोइला र बजार समस्या बढेको हो ।

जिल्लामा अधिकाँश वन क्षेत्र समुदायमा हस्तान्तरण गरेपछि कोइला निकाल्न समस्या भएको हो । स्वदेशमा काम गर्न भन्दा विदेशमा पलायनको समस्याका कारण आरन व्यवसायमा युवा पुस्ताको आकर्षण हुन सकेको छैन । अधिकाँश कृषि औजार जिल्ला बाहिरबाट आर्यात हुन थालेसँग आरनबाट उत्पादितहरुको किनबेचमा समस्या भएको व्यवसायी खुम बहादुर विश्वकर्माले बताए ।

बगनासकाली गाउँँपालिका ६ टोक्सेका खुम बहादुर विश्वकर्माले १० वर्ष पहिला चिलादीमा आरन व्यवसाय सञ्चालन गरेका थिए । बगनासकाली गाउँपालिकाभित्रका किसानलाई पायक पर्ने गरी खोलिएको आरनमा माग अनुसार कृषि औजार पुरयाउन समस्या थिएन ।
तर, पछिल्ला वर्षहरुमा व्यावसायिक उत्पादन गर्न थालेसँगै दक्ष कामदार, कोइला र बजारको समस्याले सताइरहेको विश्वकर्माले बताए । आरनमा हसिया, कोदालो, फाली, ओदान, खुकुरी, लागतका औजारहरु उत्पादन हुँदै आएको थियो ।

युवाहरु स्वदेशमा रोजगारीको अभाव विदेश पलायन भएका छन् । तर, स्वदेशमा सञ्चालित आरन व्यवसायमा युवाको आकर्षण हुन सकेको छैन ।आरन व्यवसायमा कडा श्रम गर्नुपर्ने हुन्छ । त्यसैले युवा पुस्ताको आकर्षण हुन नसकेको व्यवसायी भोज बहादुर विश्वकर्माले बताए ।

युवाहरुको आकर्षण बढाउन सरकारी अनुदान तथा प्रोत्साहनका कार्यक्रम आवश्यक रहेको छ । तर, सरकार अनुदान प्राप्तिमा दलित समुदायका पेशा व्यवसाय भने बञ्चित छन् ।दलित समुदायका परम्परागत सीपलाई आधुनिकीकरण गर्न सरकारले प्रोत्साहनको कार्यक्रम ल्याउन आवश्यक रहेको विश्वकर्माले बताए ।

मल्ल कालिन समयमा विश्वकर्मा जाति कृषि उत्पादनका क्षेत्रमा प्रयोग हुने फलामका औजार तथा हातहतियारहरु उत्पादन गर्दै आएको थियो । यसले स्वदेशमा फलामको उचित रुपमा प्रयोग हुने र नेपाली पैसा विदेश जानबाट रोकिएको थियो । तर, स्वदेशमा रहेका आरनलाई व्यावसायिक बनाउन नसक्दा स्वदेश पैसा विदेश गइरहेको छ ।

बगनासकाली गाउँपालिकाले स्थानीय स्रोत साधनको प्रयोग गरी कृषि उत्पादन गर्ने रणनीति लिएको छ । यसले स्थानीय स्तरमा रहेका आरन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।

गाउँपालिकाले परम्परागत रुपमा सञ्चालित आरनलाई व्यवस्थित गर्न सहयोग गरिरहेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालको भनाई छ ।

यस्तै जिल्लाकाे पश्चिम भेगकाे रैनादेवी र रिब्दीकाेट गाउँपालिका तथा अन्य स्थानीय तहमासमेत याे पेशा अंगालेका व्यवसायीले परम्परागत पेशालाइ पुस्ता हस्तान्त्रण र स्तर उन्नतीका लागि स्थानीय सरकारले सहयाेग  गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया