
छहरा । पछिल्लो समय पश्चिम पाल्पाका रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा चोरीका घटनामा वृद्धि भएको छ । चोरीका घटनामा वृद्धि भए पनि प्रहरीले भने अनुसन्धानलाई खासै अगाढी बढाएको स्थानीयले बताएका छन् ।
चोरीका घटना बढिरहदा त्यसतर्फ प्रहरीले चासो नदिएको स्थानीयको आरोप छ । तिन अगाडी मात्रै परोपकार स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी र तोडफोड भएको भएपनि त्यसको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको सहकारी संस्थाका अध्यक्ष डिल प्रसाद श्रेष्ठले बताए ।
रातको समयमा सहकारीको चाबी फोरेर भित्र पसेर नगद रकम लुटेको फुटेज सिसी क्यामेरको देख्दा समेत प्रहरीले चोक पक्राउ गर्न ढिलाई गरेको सहकारी सस्थाका व्यवस्थापक गोविन्द रायमाझीले बताए । सहकारीबट एक लाख ३५ हजार ९ सय ९२ रुपैया नगद चोरी भएको थियो । चोरले ढोका दराज अन्य जिन्सी सामानमा क्षति पुर्याएको व्यवस्थापक रायमाझीले बताए ।प्रहरी चौकीकै नजिक दैनिक जसो चोरीका घटना बढ्नुले सुरक्षा निकायको कमजोरी भएको स्थानीयले गुनासो गरेका छन ।
प्रहरीले अहिलेसम्म घटना माथी सत्य तथ्य छानबिन गर्न नसकेको स्थानीयको आरोप छ । यस्तै केही समयअघि रिब्दीकोट गाउँपालिकाको मैनादीमा समेत अनुसन्धान शुन्य भएको स्थानीयले बताएका छन् । चोरीका घटना बढ्दा समेत प्रहरीले अनुसन्धानलाई प्रभावकारी बनाउन नसक्दा चोरको बनोवलमा वृद्धि भएको स्थानीयले बताएका छन् ।
केही समय अघि रैनादेवी छहराको मुझुङमा रहेको कालीका मावि र स्थानीय नेत्र कार्कीको पसल समेत चोरी भएको थियो । बारम्बार चोरीकाघटना बढेपनि ईलाका प्रहरी मुझुङले भने कार्यालय प्रमुख बिदामा रहेको र आफु नयाँ भएको कारण घटनाको अनुसन्धान गर्न नसकेको कार्यालयका निमिक्त प्रमुख शिव कुमार यादवले जानकारी दिए ।
यसरी प्रहरी प्रशासनको नजिकमा रहेको घटनाको सही छानविन हुन नसक्दा आफूहरु असुरक्षित भएको स्थानीयले बताएका छन् ।उसो त स्थानीय सरकार पनि यस्ता घटनाको छानबिन गरि दोषीलाई कारवाही गर्नकुरामा लाग्न नसकेको स्थानीयले बताएका छन् ।