
काठमाडाैं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीले नेपालको मौसममा आंशिक प्रभाव पारेको छ । हाल नेपालको पूर्वी क्षेत्रमा यसको प्रभाव बढी देखिएको छ । सोही कारण शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली देखिएको छ भने, तराईमा तुवाँलो लागेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियसमा झरेको छ भने सबैभन्दा कम तापक्रम माइनस २.८ डिग्री रहेको छ ।
शनिबार दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहनेछ भने ती क्षेत्रका एक।दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ । महाशाखाले जनाएको छ । राति प्रदेश १ र बागमतीका एक।दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।