कोरोना सङ्क्रमणपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना

 काठमाडाैं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका छन् ।

राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले हिजो साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले दिएकाे जानकारी अनुसार अनुसार प्रधानन्यायाधीश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै अाएका थिए ।

राणालाई संक्रमणपछि निमोनियासँगै छातीमा पनि सङ्क्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया