कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

काठमाडाैं। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

बुधबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव बहुमतले पारित भएपछि शाली मत पाएका हुन्। कर्णाली प्रदेशसभाका २२ सदस्यले शाहीलाइ मत दिएका थिए ।

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले मुख्यमन्त्री शाहीले  राखेको प्रस्तावको पक्षमा २२ मत परेको र यो कर्णाली प्रदेशसभाको सदस्य संख्याको बहुमत भएकाले मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

बुधबारको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु भने सहभागी थिएनन् । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्रका १२, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मत दिएकाे कर्णाली प्रदेशसभाले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया