ओमिक्रोन त्रासः अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह

काठमाडौं । सरकारले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरिएन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अनुरोध गरेका हुन् ।

हालसम्म ओमिक्रोन भेरिएन्ट नेपालमा फेला परिनसकेको  भएपनि  याे भेरिएन्टले सबै उमेर समूहका नागरिकमा संक्रमण हुने तथा संक्रमण जाेखिम पनि बढी रहेकाे हुँदा  सर्तकता अपनाउन सबैमा मन्त्रालयले अनुराेध गरेकाे  छ । सरकारले आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारेको हुँदा याे भेरिएन्ट नेपालमा भित्रिन नदिन सबैले सावधानी अपनाउन मन्त्रालयले निर्देशन दिएकाे छ । 

तपाईको प्रतिक्रिया