
तानसेन।पाल्पामा छुट्टा छुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका–३, का ४५ वर्षीय तुफान कुँवर योगी तथा सर्लाही जिल्ला इसरपुर नगरपालिका–१५, का १९ वर्षका मुन्ना चौधरी रहेको प्रहरीले जनाएको छ ।
योगीको निस्दी गाउँपालिका–७, ज्यामिरेमा ट्रिपरले च्यापिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए । ज्यामिरेस्थित एक होटलमा खाना खान रोखेको ग २ ख ३६१ नम्बरको टिपर र सर्दीदेखि भुटुकेतर्फ जाँदै गरेको प्र–२–०–३००१ ख ४६६९ नम्बरको ट्रिपरको व्याक भई उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै रामपुर नगरपालिका –५, बेझाड बजारमा लु ३ त ८०५४ नम्बरको ट्याक्टरको हाइड्रोलिक बनाउने क्रममा ट्याक्टरको टाली खसेर चौधरीको मृत्यु भएको सूचना अधिकारी पचभैंयाले बताए ।
टालीले च्यापेर गम्भीर घाइते भएका चौधरीको उपचार लागि रामपुर अस्पताल लैजादै गर्दा बीच बाटोमा मृत्यु भएको र रामपुर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुवै घटना बारे अनुसनधान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।