तानसेन। सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्ड १५ रात बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रातको समयमा काम गर्नका लागि मंसिर २८ गते देखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको हो ।
सडक चौडा बनाउन पहाड कटान गर्नका लागि सडक बन्द गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए ।
सडक बन्द गरेको अवधिमा बुटवल सिद्धबाबादेखि झुम्सा पुलसम्म तथा कालिमाटीदेखि गौडेपुलसम्मको क्षेत्रमा काम हुनेछ । हरेक दिन ९ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने डिभिजन प्रमुख लम्सालले बताए ।
रातिको समयमा सवारी बन्द गरेर काम गर्दा यात्रुलाई गन्तव्यमा पुग्न समस्या नहुने गरी व्यवस्था मिलाएको सडक डिभिजन पाल्पाले जनाएको छ ।