पाल्पा । दलित महिला संघ लगायतका संस्थाको आयोजनामा बालिका शसक्तिकरणमा आमा तथा जप्रतिनिधिको भूमिका विषयक दुई दिने गोष्ठी सम्पन्न भएको छ ।

बालिकाहरुको शैक्षिक, आर्थिक, सामाजिक तथा राजनैतिक सशक्तिकरण गर्न आमा तथा स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी हुने उद्देश्यका साथ गोष्ठी सञ्चालन गरिएको संघकी सचिव तुल्सी बुढाप्रितीले बताइन ।

कार्यक्रमको उद्घाटन गर्दै तानसेन नगरकी उप प्रमुख लक्ष्मी देवी पाठकले आमा सक्षम भए परिवार नै सक्षम हुनुपर्ने बताइन । बालबालिकाको पहिलो पाठशाला, घर पहिलो गुरु आमा रहेकोले आमाहरु बलबालिकाको भविष्य निर्माणमा सचेत हुनुपर्ने बताइन ।

कार्यक्रममा दलित महिला दलित महिला संघका सल्लाहकार तीर्थ प्रसाद गौतमले आमा र जनप्रतिनिधिकहरुले छोरीहरुको शिक्षामा विशेष चासोले शिक्षामा पहँुच विस्तार हुने बताए ।

कार्यक्रममा अर्का सल्लाहकार कृष्ण दर्नालले समाजमा महिलाहरुको नेतृत्व तहमा पहुँत नहुँदा सम्म समाज रुपान्तरण हुन नसक्ने बताए । कार्यक्रममा दलित महिला संघकी कर्मठ बालिका परियोजना, जीवीकोपार्जन कार्यक्रम संयोजक सवी गहतराजले बालिका सशक्त भए मात्रा परिवार समाजमा रुपान्तरण ल्याउन सकिने बताइन ।दुई दिनसम्म सञ्चालित गोष्ठीमा सल्लाहकार दर्नाल र संयोजक गहतराजले सहजीकरण गरेका हुन ।

महिला सशक्तिकरण, यसको महत्व, बालिका सशक्तिकरण, बालबालिकाको भविष्य निर्माणमा आमाको भूमिका, स्थानीय तहसम्म नागरिकका अपेक्षा तथा जनप्रतिनिधिका काम तथा जिम्मेवारी, बालिका शिक्षा र यसको महत्व, आमा समुहको निर्माण प्रक्रियाको विषयमा छलफल भएको थियो ।

कार्यक्रम संघकी जिल्ला अध्यक्ष शान्ति गहतराजको अध्यक्षता र सचिव तुलसी बुढाप्रितीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिका बालिका, अभिभावक तथा जनप्रतिनिधिको सहभागीता रहेको थियो ।

यसैबीच तानसेन नगरपालिकाको बर्तुगमा लैगिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा गमा लैगिक हिंसा न्यूनीकरणमा सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए । सो कार्यक्रम संघकी अध्यक्ष शान्ति गहतराज, जीवीकोपार्जनकी संयोजक सबी गहतराज, सल्लाहकार तीर्थ प्रसाद गौतम तथा कृष्ण दर्नालले लैगिक हिंसा अन्त्य विना सभ्य समाज निर्माणमा समस्या हुने बताए ।

तपाईको प्रतिक्रिया