पहुँच विस्तार हुँदै महिलाको प्रसुति सेवामा

पाल्पा । रिब्दीकोट गाउँपालिकाभित्र शून्य होम डेलिभरी सेवालाई सञ्चालनमा ल्याइएको छ ।

गाउँपालिकाले ५ वटा डेलिभरी सेन्टरबाट सुत्केरी महिलाहरूलाई प्रसुति सेवा सञ्चालन पछि जिल्ला सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता हटेको छ । गाउँपालिका भित्रका सरकारी स्वास्थ्य संस्थाहरुमा प्रसुति सेवा सञ्चालन गरेसँगै मातृशिशुको जोखिम कम हुँदै गएको छ ।

गाउँपालिकाभित्रका सबै वडाका प्रसुति सेवामा महिलाको पहुँच विस्तारका निम्ति डेलिभरी सेवा सञ्चालन गरिएको हो । स्वास्थ्य शाखाका प्रमुख सुनिल अधिकारीका अनुसार तीन ओटामा पहिला नै सञ्चालनमा रहेकोमा हाल दुई थप गरी ५ ओटा स्वास्थ्य संस्थाले सेवा प्रवाह गरिएको हो ।

प्रसुति सेवामा महिलाको पहुँच विस्तार गएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८।७९ मा थप एक स्वास्थ्य संस्थामा डेलिभरी सेवा सञ्चालन गर्ने र एउटा स्वास्थ्य चौकी भवन निर्माण पुरा भएपछि सञ्चालन गर्ने तयारी रहेको प्रमुख अधिकारीले बताए ।

गाउँपालिकाभित्र ईकाइ सहित ११ वटा स्वास्थ्य सस्था रहेका छन् । गर्भवती महिलाहरुलाई नेपाल सरकारले तोकेको प्रोटोकल अनुसार गर्भ रहेको ४ महिना, ६ महिना, ८ महिना र ९ महिनामा गर्भ परीक्षण स्वास्थ्य संस्थाहरुमै गराउनुपर्ने व्यवस्था छ । गर्भ परीक्षण गर्दा हरेक गर्भवतीहरुलाई एक पटकमा ३० वटा अण्डा वितरण गरिएको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताए ।

महिलाहरुको गर्भवास्थामा आवश्यक पर्ने थप पोषण तत्व सम्वन्धि जानकारी गराउने, गर्भ अवस्थामा हुने स्वास्थ्य जटिलतालाई कम गर्ने र शून्य होम डेलिभरी गरी पुर्ण रुपमा पाालिकालाई नै पुर्ण संस्थागत सुत्केरी गराउने गापा अध्यक्ष जिसीले बताए ।

गाउँपालिकाले नेपाल सरकारले तोके बमोजिमको अति गरिब परिवारलाई निशुल्क सुत्केरी गराउने, पालिका भित्रका तथा अन्य स्वास्थ्य सस्थामा सुत्केरी भएमा गाउँपालिकाले आमा र बच्चाको लागि १ हजार ५ सय रकम प्रदान गर्ने कार्य गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम अर्यालले बताए ।

तपाईको प्रतिक्रिया