संक्रामक रोगमा बढेको लाञ्छना अन्त्यको आवश्यकता

तानसेन । पाल्पाको तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीले कोरोना भाइरससंगै एच आई भी र क्षयरोगका बिरामीलाई बढेको लाञ्छना अन्त्य गर्नुपर्ने बताएका छन् ।

पछिल्लो समय कोरोनाका संक्रमितलाई बढेको लाञ्छनाका कारण समाजमा देखिएको विभेद्को अत्य गर्नुपर्नेमा सहभागीले जोड दिएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना तथा ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक)को समन्वयमा भएको कार्यक्रमा सबै व्यक्तिले आफूबाट समाज र सिंगो देशभर नै लाञ्छना र त्यसबाट उत्पन्न भएको विभेद्को अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा नार्डेकका कार्यक्रम संयोजक डिबी पछाईले समाजमा संक्रामक रोगको संक्रमण भएकाहरुलाई हौसला दिनुपर्नेमा जनचेतनाको अभावले बढेको विभेद्को अन्त्यका लागि छलफलको आयोजना गरिएको बताए । जिल्लास्थित सरोकारवाकाबीचमा भएको छलफलले समाज रुपान्तरणमा सहयोग पुग्ने पनि संयोजक पछाइले बताए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले एचआईभी र क्षयरोगले समाजमा पारेको प्रभाव रोगको रोकथामका लागि अपनाउनु पर्ने उपाएका विषयका बारेमा प्रस्तुती गरेका थिए ।

निमित्त प्रमुख न्यौपानेले नेपालमा एचआईभीको न्यूनिकरणका लागि गरिएको पहलले गर्दा अहिले १५ देखी ४९ वर्ष उमेर समूहका नागरिकमा ०.१३ प्रतिशत मात्रै संक्रमण रहको बताए ।

पाल्पा जिल्लाको हकमा अहिले तीन सय ३५ जना संक्रमित रहेकोमा २ जना बाहेक सबैले नियमित औषधि सेवन गर्ने गरेको प्रमुख न्यौपानेले बताए । यस्तै निमित्त प्रमुख न्यौपानेले क्षयरोगको अवस्थामा भयाभह रुपमा फैलिए पनि परीक्षणको दायरामा सबै संक्रिमित नआएको बताए ।

उनले नेपालमा वर्षेनी ६८ हजारको दरमा नयाँ संक्रमित थपिने र पाल्पाको हकमा पछिल्लो वर्षमा तीन सय ३० जना नयाँ संक्रमित थपिएको बताए । यस्तै क्षयरोग र एचआईभी बीचमा अन्तर सम्बन्ध रहने हुँदा पनि एक अर्कामा संक्रमण बढेने गरेको सहभागीहरुको भनाई रहेको थियो ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रवन्धक सोबाकान्त न्यौपानेले कोरोना महामारीमा बढेको लाञ्छना र यसको अन्त्यका लागि गर्नुपर्ने प्रयासका बारेमा प्रस्तुती गरेका थिए ।

कोभिडको महामारी सुरु हुदाँको अवस्था र अहिले देखिएको ओमीक्रोन भाइरसको त्रासले पुनः लाञ्छना बढ्न सक्ने हुँदा समाजमा सबै सचेत हुनुपर्ने बताए ।

समाजमा देखिएको विभेद्ले गर्दा नै कोभिडका बिरामी थप समस्यामा परेको समेत बताए । कार्यक्रम नार्डेक पाल्पाकी कार्यक्रम अधिकृत चन्द्रकला पहराइको संचालमा सम्मपन्न भएको थियो ।

तपाईको प्रतिक्रिया