पाल्पामा काेराेनाका सक्रिय संक्रमितको संख्या २५ पुग्यो

तानसेन। पाल्पामा बिहीबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार तानसेन नगरपालिका वडा नं. १३ का एक पुरुषको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

योसंगै हाल जिल्लामा २५ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका कोभिड स्रोत व्यक्ति अनिता श्रेष्ठले जानकारी दिइन् । श्रेष्ठका अनुसार २५ जनामध्ये ३ जनाको विभिन्न अस्पताल तथा अन्य २२ भने होम आइसोलेशनमा बस्दै आएका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितले भने संक्रमणमुक्त भएका छन् । ३ जना महिला तथा पुरुष संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा कुनै संक्रमितको मृत्यु नभए पनि जिल्लाभर हालसम्म दुई सय ६९ जना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया