स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

तानसेन। पाल्पाको रम्भा गाउँपालिकाले पीपलडाडाँ स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । ग्रामीण क्षेत्रका विरामीको स्वास्थ्य उपचारमा पहुँच विस्तारका लागि एम्बुलेन्स उपलब्ध गराएको हो ।

ग्रामीण क्षेत्रमा उपचारको लागि यातायातका साधनको अभावले विरामीहरुको ज्यान जोखिम हटाउन एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले २२ लाखमा खरिद गरी स्वास्थ्य चौकीमा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिए । एम्बुलेन्स पीपलडाडाँ स्वास्थ्य चौकीमो जिम्मेवारीमा रहेपनि सेवा भने पीपलडाडाँ, हुमीन, हुँगी र फोक्सिङ्गकोट लगायतका क्षेत्रका बिरामी अस्पताल ल्याउन सहज हुने अध्यक्ष भण्डारीले बताए ।

गर्भवतीलाई स्वास्थ्य परीक्षण तथा प्रसूति सेवाका एम्वुलेन्स निःशुल्क सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ । प्रसूति सेवाका लागि स्वास्थ्य चौकी तथा अस्पतालसम्मको सुविधा एम्वुलेन्स प्रयोग हुने अध्यक्ष भण्डारीले बताए ।

पीपलडाडाँ स्वास्थ्य चौकीमा प्रसूति सेवा, ल्याब, सुरक्षित गर्भपतनको सेवा समेत प्रदान गर्दै आएको छ । गाउँको स्वास्थ्य चौकीमा एम्वुलेन्स सेवा सञ्चालनमा आएपछि सहज तरिकाले अस्पताल पुग्न र स्वास्थ्य सेवा लिन पाउने भन्दै स्थानीयबासी खुसी छन् ।

तपाईको प्रतिक्रिया