
तानसेन। पाल्पामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएपछि सो घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार पश्चिम चम्पारण जिल्ला ग्राम सिरिसिया घर भई हाल रामपुर नगरपालिका डेरा गरी बस्ने २७ वर्षका शेख जैंनुदिन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रामपुर नगरपालिका वडा नं. ६ विजयपुरका राजु भनिने शुभकान्त पौडेलको करेन्ट लागेर मृत्यु भएपछि करेन्ट लगाएर माछा मार्ने जैंनदिनलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाले दिएको जानकारी अनुसार कुलोमा डुबेर मृत्यु भएको भनिएको पौडेलको माछा मार्न प्रयोग भएको करेन्ट परेर मृत्यु भएको खुलेसंगै निजलाई नियन्त्रण लिइएको हो ।
निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ ।