तानसेनमा महिला उद्यमशिलता सचेतना तालिम

पाल्पा।तानसेन नगरपालिकाभित्रका महिलाहरुलाई व्यावसायिक बनाउन उद्यमशिलता सम्वन्धि सचेतना अभियान थालिएको छ । तानसेन नगरपालिकाभित्रका महिलाहरुलाई लक्षित गरी गरिबी निवारणका लागि लद्युउद्यम विकासको सुरुवात गरिएको हो ।

तानसेन नगरपालिकाको आयोजना र ग्रामीण आर्थिक विकास संघ रेडाको समन्वयमा नगरभित्रका बेरोजगार महिलालाई लद्युउद्यम विकास गरी स्वरोजगार बनाउन सचेतना अभियान सञ्चालन गरिएको रेडाका कार्यकारी निर्देशक लीला बहादुर कार्कीले बताए ।

गरीबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्तरगत बुधबारदेखि वडा नं. ४ का महिललाई एक साताको तालिम सुरुवात भएको हो
। तालिमको अवधिमा लघुउद्यम, व्यावसायिक योजना निर्माण, व्यवसाय सञ्चालनको प्रक्रिया, कानुनी प्रक्रिया लगायतका विषयमा छलफल हुने जनाएको छ ।

त्यसैगरी पहिलो चरणको तालिम पछि कस्तो व्यवसाय गर्ने, व्यवसायको छनौट, लगानीको स्थिति, सानो लगानीकाट कस्ता व्यवसाय सञ्चालन गर्ने भन्ने विषयमा तालिम अवधिमा छलफल हुने ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक कार्कीले बताए ।

तानसेन नगरपालिकाका योजना शाखाका प्रमुख विष्णु पौडेलले व्यावसायिक सीप विकास गरी महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन उद्यमशितला तालिमको महत्व रहेको बताए ।

महिलाहरु दिनभरको समय खाली रहेकोले त्यसलाई सदुपयोग गरी घरमा बसीबसी आम्दानी गर्न सफल गराउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । नगरपालिकाले सीप नभएका नागरिकलाई सीप र सीप भएर पनि पुँजी नहुनेलाई नगरपालिकाले नागरिकलाई सहुलितय ब्याजदरमा ऋण प्रवाह गरेको छ ।

तालिममा व्यवसायीक सचेतना र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्वन्धि प्रशिक्षण तानसेन–२, ४ का ७० जना र करिब ३० महिला सहभागी भएको इविक कोडिनेटर हिरामणी पराजुलीले बताए ।

तालिमकी प्रशिक्षण रूस्मा घिमिरेले महिलाहरु व्यावसायिक बनाउनका लागि लद्युउद्यम विकास सम्वन्धी ज्ञानको आवश्यक भएको बताइन् ।

तपाईको प्रतिक्रिया