तानसेन । पाल्पामा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपरासीको बर्दघाट नगरपालिकाका ३६ वर्षीय पशुपति चौधरी रहेको प्रहरीले जनाएको छ । रुक्सेभन्ज्याङ प्रहरी चौकीका अनुसार बिहीबार निस्दीको ज्यामिरे चारघरेमा बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेर मजदुरको मृत्यु भएको हो ।
बिजुलीको तार तान्ने क्रममा पोलबाट खसेपछि चौधरीको मृत्यु भउको रुक्सेभन्ज्याङ प्रहरी चौकीका प्रमुख डेढ बहादुर थापाले जानकारी दिए । मृतकको शवलाई रामपुर अस्पतालमा पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।