
तानसेन । श्रीनगर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको २१ औं साधारणसभा तथा सातौं अधिवेशनले झपेन्द्र गहिरेलाई अध्यक्षमा चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विश्वराज रेग्मी, सचिवमा भरत शर्मा, कोषाध्यक्षमा बेदराम श्रीस र सहसचिवमा कोशलराज घिमिरेलाई चयन गरेको छ । यसैगरी सदस्यमा निवर्तमान अध्यक्ष मेघराज शर्मा, माधव अर्याल, राजेन्द्र लिगल, मीना जि.सी., केशव पौडेल र गोविन्द भट्टराईलाई चयन गरेको छ । अधिवेशनले लेखा समितिको संयोजकमा मधुकर काफ्ले, सदस्यमा उषा श्रेष्ठ र जयराम सुवेदीलाई चयन गरेको छ ।
यसअघि २१ औ साधरणसभा तथा सातौं अधिवेशनको तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले उद्घाटन गर्दै विपन्न जनताको आर्थिक अवस्था बलियो बनाउने आधार नै सहकारी भएको बताएका थिए । अब सहकारीहरु एकीकृत हुँदै आवश्यक परेमा मर्जरको नीति लिनुपर्ने अवस्था आएको बताउँदै नगरप्रमुख शाहीले श्रीनगर सहकारी संस्थाले समाजमा उदाहरणीय कामको शुरुवात गरेको बताए ।
उनले आगामी दिन सामाजिक भावनामा केन्द्रित भएर गतिविधी संचालन गर्न आग्रह गरे । कार्यक्रममा तानसेन नगरपालिका सहकारी शाखाका प्रमुख दुर्गा बहादुर थापा, संस्थाका पुर्व अध्यक्ष डा. रामजी प्रसाद पौडेल, संस्थाका सल्लाहकार बुद्धीप्रसाद शर्मा, बरुण रेग्मी, शेयर सदस्य गोपाल प्रसाद बस्यालले संस्थाले आगामी दिनमा शेयरधनीको हितमा रहेर काम गर्न सुझाव दिए । उनीहरुले सहकारीलाई अझ बलियो बनाएर समाजमा स्थापित हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष वेदराम श्रीसले १० करोड ३२ लाख बराबरको आय व्यय प्रस्तुत गरेका थिए । साथै चालु आर्थिक वर्षको पुस पहिलो सातासम्मको १२ करोड ९३ लाख ९४ हजारको कारोबारसमेत सुनाएका थिए । लेखा समितिका संयोजक मधुकर काफ्लेले वार्षिक आर्थिक कारोवारको समिक्षा गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने कुराहरुको बारेमा जानकारी गराए । उनले लेखापरीक्षण र आन्तरिक लेखा परीक्षणबाट आएका सुझावलाई संस्थाले सधै मनन गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
उत्कृष्ट बचतकर्तामा तानसेन नगरपालिका–४, का मनोज खत्री, तानसेन नगरपालिका–६, का विद्या शाक्य, कर्जातर्फ तानसेन नगरपालिका–७ का गोविन्द कुमारी रेश्मी, तानसेन नगरपालिका–६, की हेमाकुमारी गाहालाई सम्मान गरेको छ ।
बालबचतमा तानसेन नगरपालिका–७, का कृतिष घिमिेरेका साथै संस्थालाई वित्तीय क्षेत्रमा अमूल्य सहयोग गर्ने मीना न्यौपानेलाई पनि सम्मान गरिएको छ । संस्थामा लामो समय योगदान गर्ने कर्मचारीहरु रोजी राना र मीना पोखरेललाई पनि सम्मान तथा विदाई गरिएको छ ।
कार्यक्रम संस्थाका उपाध्यक्ष झपेन्द्र गहिरेको स्वागत, सचिव भरत शर्माको संचालन र संस्थाका अध्यक्ष मेघराज शर्माको अध्यक्षतामा चलेको हो ।