तानसेन। पाल्पाली गायक पुरुषोत्तम गैरेले नयाँ लोक गीत बजारमा ल्याएका छन् । गैरेले माया पिरतीमा आधारित उक्त गीतको भिडियो समेत निर्माण गरेर आफ्नै यूट्युव चयालनमार्फत सार्वजनिक गरेका छन् ।

गैरे स्वयम र सुनीता बुढा क्षेत्रीको स्वरमा रहेको गीती एल्वमको नाम “सबै बाट टाढा” राखिएको छ ।

रमेश परियारको लय तथा शब्द रहेको गीतमा संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन् । गीतको डिभियोमा रक क्षेत्री र कामना न्यौपानेको अभिनय रहेको सर्जक गैरेले नयाँधारलाई जानकारी दिए ।

गैरे आफैले भिडियोको निर्देशन गरेको गीतको भिडियोलाई विजय पोखरेलले पाल्पाकाे सिद्दबाबा क्षेत्र अासपासमा छायांकन गरेका भिडियाेलाइ  दिपक विष्टले सम्पादन गरेका छन् । मायामा भएको विछोडलाई गीतमार्फत चित्रण गरिएको हुँदा टिकटकमा गीतलाई रुचाइएको गैरेको भनाई छ ।

तपाईको प्रतिक्रिया