तरुल खन्न गएका व्यक्ति मृत फेला

तानसेन। पाल्पामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिकाको मुझुङमा तरुल खन्न गएका एक पुरुष मृत अवस्थामा फेला परेका हुन।

आइतवार विहान ११ बजेतिर घरबाट खाना खाइ गोरु चराउन र तरुल खन्न भनी घरबाट जंगलतर्फ गएका वर्ष ५२ का दानबहादुर सोमै अवेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव सोमबार दिउसो रैनादेवी छहरा ४ स्थित गनगैराको जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीलाई जानकारी आएपछि प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया