सन्ढापका स्थानीयका घरमा बिहान बेलुका नै बल्दैन बत्ती

तानसेन । पाल्पाको बगनासकाली–१,चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान भएपनि हालसम्म विजुली बल्न सकेको छैन। झण्डै बीस बर्ष अघि जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट बञ्चित भएको स्थानीयको भनाई छ ।

महिना महिनामा विद्युत् शुल्क बुझाउनुपर्ने बाध्यता भएपनि अध्यारो हटाउन टुकी वा मैनबत्तीको साहरा लिनुपर्ने बाध्यता नहटेको स्थानीयले गुनासो गरेका छन् । विस २०५८ सालमा विद्युतीकरण भएपनि हालसम्म थ्रिफेज लाईन विस्तार नहुँदा साँझ बिहान बत्ती बल्न नसेको हो ।

नेपाल सरकारले २० युनिटसम्म विद्युत् उपभोग गर्ने परिवारलाई निः शूल्क सेवा गर्दै आएपनि थ्रिफेज लाइन जडान नहँदा दिनभर बोलिएका विद्युत बत्ती मधुरो, रेडियो, टिभी तथा मोवाइल चार्जमा समस्या हुँदै आएको स्थानीय गोविन्द भट्टराईले बताए ।

स्थानीयले पटक पटक वडा, गाउँपालिका, तथा जनप्रतिनिधि मार्फत विद्युत्को समस्याको बारेमा जानकारी गराए पनि सुनुवाई हुँदा नसक्दा आफूहरु अध्यारोमै बस्नुपर्ने बाध्यता नहटेको गुनासो गेका छन् ।

यसैबीच ३० घर बढी वासिन्दाको रहेको सन्ढापका स्थानीयले नेपाल विद्युत प्राधिकरण पाल्पामा थ्रिफेज लाईन विस्तार गर्न ज्ञापनपत्र बुझाएको हुन । प्राधिकरण प्रमुख ईन्जिनियर विवेक आचार्यले सन्ढापको स्थलगत निरीक्षण पश्चात विद्युत् सेवाको पहुँच विस्तार गर्न प्राधिकरण कार्यालय तयार रहेको बताए ।

तपाईको प्रतिक्रिया