आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस

काठमाडाैं।आज  पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस मनाइदै छ । नेपाली कांग्रेसका संस्थापक एवं नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

यसलाई औपचारिकतामा सीमित नगरी यसको मर्म र भावनालाई आत्मसात् गर्नसक्ने हो भने दिवसले सधैँभरि राष्ट्रिय एकता र आपसी मेलमिलापको महत्वपूर्ण सन्देश दिएको छ ।

मेलमिलाप दिवस पञ्चायती निरङ्कुशतामा आठ वर्षको भारत निर्वासित जीवन त्याग गरी कांग्रेसका संस्थापक जननायक बिपी कोइरालासहित लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका दर्जनौँ नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्केका थिए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्केका थिए ।

प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने बिपीको प्रष्ट भनाइले तत्कालीन अवस्थामा मुलुकको राष्ट्रियता कति सङ्कटमा थियो भन्ने प्रष्ट हुन्छ ।

राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै उहाँले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकार बर्खास्त गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन नेतामाथि देशद्रोहको मुद्दासमेत लगाए । निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइराला सहितका नेतालाई करिब आठ वर्ष जेलमा हालिएको थियो ।

यसैबीच काँग्रेसले देशका सबैजसाे जिल्लामा बिपीको मेलमिलापको नीतिलाई  नेता तथा कार्यकर्ताका बीच राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने जनाएकाे छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको