तानसेन। लामो समयदेखि पानी नभएको बेला दुई दिनसम्म परेको हिउँदे वर्षाले किसानहरु खुसी भएका छन् ।

पहाडी जिल्ला पाल्पामा लामो समयसम्म पानी नपर्दा सिचाँई सुविधा नभएका स्थानमा खेतीबाली राम्रो हुँने भन्दै किसानहरु खुसी भएका हुन् । अहिलेको वर्षाले गँहु, तोरी, मसुरो, चना लगायतका बाली तथा र आलु, काँउली, बन्दा लगायतका तरकारी खेतीमा समेत राम्रो हुने भन्दै उत्पादनमा वृद्धि हुने आशा किसानले गरेका छन् ।

आकासे पानीको भरमा खेती लगाउँने डाडाँका बस्तीहरुसंगै फाँटहरुमा लगाएको बालीमा समेत वर्षाले राम्रो भएको हुँदा आफूहरु खुसी भउको बगनासकाली ३ का किसान राजु रानाले बताए ।

गत असोजदेखि नै पानी नपरेका कारण खेतीयोग्य जमिन सुख्खा भएको बेला पानी परेपछि हिउँदे बालीका साथै तरकारी खेतीको उत्पादनमा वृद्धिमा वर्षाले राम्रो प्रभाव पारेको किसानको भनाई छ ।

केही मात्रामा चिसो बढ्ने र थोरै बालीमा नोक्सानी गरेपनि अहिलेको वर्षाले उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरेको किसानहरु बताउछन् ।

पाल्पामा कुल १ लाख ३६ हजार ५ सय ९५ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ८ हजार ८ सय ५ हेक्टर खेतमा वर्षायाममा सिञ्चाई सुविधा उपलब्ध छ । अन्य समयमा ३ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा सिञ्चाई हुन्छ । तर मौसमी सिञ्चाई भने ४ हजार ८ सय ७१ हेक्टर क्षेत्रफलमा मात्रै गर्न सकिने कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया