पाल्पा। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी), पाल्पले त्रिभुवन बहुमुखी क्याम्पसको शिक्षाको गुणस्तर वृद्धिमा चासो दिएको छ ।
क्रान्तिकारी विद्यार्थी यूनियनको मुल इकाइले गुणस्तरीय शिक्षा सेवा सुविधा विद्यार्थी मैत्री वातावरण निर्माण लगायतका विषयमा चासो दिएको हो ।
यसैबीच क्याम्पस मुल इकाइका अध्यक्ष ताराबहादुर रायमाझी र सचिव भीमबहादुर लुङ्गेजीले क्याम्पस प्रमुख समक्ष १२ बुँदे माग पत्रसमेत बुझाएका छन् ।
मागपत्रमा पुस्तकालय व्यवस्थापन गर्नुपर्ने, पिउने पानीको व्यवस्था हुनुपर्ने, अनलाइनबाट कक्षा संचालन हुँदा छुटेका विद्यार्थीलाई पुनः पढाउनुपर्ने लगायतका मागहरु राखिएको छ ।
मागपत्रमा निम्न कुराहरु उल्लेख गरिएको छ:
१.भर्खरै राजनीतिक भागबन्डाका आधारमा कर्मचारी नियुक्ति तत्काल खारेज गरी खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सूचना जारी गरियोस् ।
२ं.पठनपाठन नियमित बनाउने, अनलाइनबाट बञ्चितलाई पुनः सुरु देखि कोर्स पुरा गरियोस् ।
३.शिक्षा संकाय लगायत practical हुने विषयमा अनावश्यक शुल्क उठाउन बन्द गरी व्यवस्थित गरियोस् ।
४.महिनामा १ दिन भएपनि विद्यार्थी, विद्यार्थी नेता तथा शिक्षकहरुको उपस्थितिमा अध्ययन तथा सिकाइलाई प्रभावकारी, सुधार बनाउने विषयमा छलफल गरियोस् ।
५.पुस्तकालयमा नियमित पढाई हुने पुस्तक नभएको र खोज्न समय लाग्ने हुँदा पुस्तककको व्यवस्थापन तथा आवश्यक नयाँ उपलब्ध गराइयोस ।
६.क्याम्पसबाट हुने निर्णय सूचना सार्वजनिक गरियोस।
७.क्याम्पसमा पिउने पानीको व्यवस्था, नियमित सरसफाई, खेलकुद सामग्री तथा मैदान, शौचालय सुधार विशेष छात्रालाई सेनेटरी प्याड, प्राथमिक उपचारको व्यवस्थातर्फ ध्यान पुगोस् ।
८.क्याम्पसका कर्मचारीको विद्यार्थी मैत्री व्यवहार अनुशान हुनुपर्छ, पक्षपात रहित, विद्यार्थीसँग झर्केर बोल्ने तथा अभद्र व्यबहार त्याग्नुपर्छ ।
९.कक्षाकोठामा विद्युत तथा लाइटको समस्या तत्काल समाधानका साथै पुराना सामग्री हटाइयोस् ।
१०.बढी चाप भएका BBS,B.Ed प्रथम बर्षका कक्षा व्यवस्थित गरियोस। BBM,BBA ,B.Sc.लगायतका विद्यार्थीलाई पठनपाठन सहज बनाउन wifi को व्यवस्था गरियोस् ।
११ंस्वबियु निर्वाचन गर्न पहल गरियोस् ।
१२.क्याम्पस समयमा विद्यार्थी हुने शिक्षक नहुने समस्या तत्काल समाधान गरियोस् ।