सिद्धार्थ राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टमा प्रयोग हुने तेल गुणस्तर हिन

तानसेन। पाल्पाका होटल तथा रेष्टुरेण्टहरूमा प्रयोग गरिएका तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रुपमा बढी रहेको भेटिएको छ ।खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशत भन्दा माथि हुनुहुँदैन ।

तर स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशत भन्दा माथि भएमा खानाका लागि प्रयोग गर्नु अनुउचित हुन्छ । पाल्पाको सिद्धार्थ राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरूमा खाना पकाउन प्रयोग हुने तेलको गुणस्तरीयता हिन भेटिएको हाे ।

खाना पकाउँदा प्रयोग वा तार्ने प्रयोग भएका तेललाई अयल टेस्टमिटर प्रयोग गरी गुणस्तर परीक्षण गरिएको थियो । सो तेलबाट पकाइएका खाद्य बस्तुरु मानिसले खादा स्वास्थ्यका लागि हानिकार रहेको जनाएको छ ।
तानसेन नगरपालिको गौणे पुलदेखि प्रभाषसम्म जम्मा २४ वटा होटल तथा रेष्टुरेण्टमा खानेतेलको परीक्षण गरिएको थियो । जसमा ३ वटा होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिरहेको तेलमा टोटल पोलार मटेरियल २५ प्रतिशत भन्दा माथिलाई नेपाल सरकारले मान्यता दिएको छैन ।

त्यस्ता वस्तुलाई जफत गरी स्थानीय प्रशासनले नियन्त्रणमा समेत लिएको छ । प्रशासनले त्यस्ता बस्तुहरुको प्रयोग नगरी खान योग्य तेलहरुको समेत प्रयोग गर्न चेतावनी दिएको छ ।

२५ प्रतिशत भन्दा बढी पाइएकोले करिब ६ लिटर तेल संयुक्त अनुगमन टोलीले नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताए ।

अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, तानसेन नगरपालिका, नेपाल प्रहरी (दोभान) र पाल्पा उद्योग वाणिज्य संघको सहभागितामा गरिएको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका अनुसार टोटल पोलार मटेरियल २५ प्रतिशत बढी भएमा तार्ने वा पकाउन प्रयोग गर्न मिल्दैन । अनुगमनका क्रममा सरसफाइमा विशेष ध्यान दिन र तारेका खानेकुरा राख्न पत्रिकाको प्रयोग नगर्न निर्देशन दिएको छ ।

तारेका खानेकुरा पत्रिकामा राख्दा अक्षरहरुको मसीमा प्रयोग गरिएको रसायनले खाद्य वस्तुलाई असर गर्दछ । त्यस्ता बस्तुको सेवनले मानव स्वास्थ्यलाई हानिकार हुने प्रमुख श्रेष्ठले बताए ।

पाल्पाका होटल तथा रेष्टुरेण्टमा तेलको गुणस्तर परीक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाध्य वस्तु उपलब्ध गराउने योजना रहेको छ । पाल्पा उद्योग वाणिज्य संघका प्रतिनिधि सरोज शाक्यले व्यवसायीलाई गुणस्तरीय बस्तुको प्रयोग गरी किनबेच गर्न अनुरोध गरे ।

तपाईको प्रतिक्रिया