तानसेन। कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पामा तपाईको मास्क खोई ? अभियान सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले संक्रमण न्यूनिकरणका लागि तानसेनका विभिन्न चोकहरुमा मास्क खोई अभियान सुरु गरेको हो ।

पछिल्लो समय देशभर नै नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणममा वृद्धि भएको हुँदा मास्क खोई अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

तानसेनको शितलपाटी, बिशालबजार, हुलाकचोक, बसपार्कलगायतका स्थानमा मास्क नलगाएका यात्रुलाई मास्क वितरण गरिएको सूचना अधिकारी त्वातीले बताए ।

मास्क वितरण गर्नुका साथै जनमानसमा सचेतना  फैलाउने कार्यसमेत प्रहरीले गर्दै आएको सूचना अधिकारी त्वातीले बताए ।

तपाईको प्रतिक्रिया