पाल्पामा थप ७ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३९ पुगे

तानसेन। पाल्पामा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन र पीसिआर विधिबाट गरिएको परीक्षणमा तानसेनका चार जनासहित थप ७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार संक्रमित हुनेका दुई जना पुरुष तथा ५ जना महिला रहेका छन् ।

यस्तै थपिएका संक्रमितसंगै हाल जिल्लामा कूल ३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु नभएको र कुनै संक्रमित कोरोना मुक्त पनि नभएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया