
तानसेन। माघेसङ्क्रान्तिमा विषेश परिकारका रुपमा लिइने खुदोबाट बनेका गुड,चाकु, तथा कन्दमुल अन्तरगतको तरुल सखरखण्डलगायतका जमिनमुनीका फलको व्यापारमा वृद्धि भएको छ। पछिल्लो समय गाउँमा यस्ता फलको उत्पादन गर्नेहरु नभएको हुँदा शहरबाटै किनेर पर्व माउनेको संख्या बढेको हो ।
अहिले ग्रामीण भेगबाट समेत खरिद गरेरै पर्व मनाउने गर्दा यस्को माग बढेको व्यापारीहरु बताउछन् । माघेसङ्क्रान्ति पर्व मगर समुदायको विषेश पर्वका रुपमा लिईन्छ ।
पाल्पा जिल्ला मगर समुदायको बाहुल्यता रहेको जिल्ला पनि हो । तर पछिल्ला वर्षहरुमा सबै समुदायले यो पर्वलाई उत्तिकै महत्व दिएर मनाउने गरेको हुँदा कन्दमुल र उखुबाट बनेका परिकारको माग बढेको हो ।
सास्कृतिक पर्व माघेसङ्क्रान्तिमा कन्दमुल र खुदोबाट बनेका परिकारलाई पारिवारिक रुपमा खाने तथा आफन्तलाई खुवाउने पुरानो परम्पराका कारण पनि यो समयमा यस्ता परिकारको महत्व बढ्ने बगनासकाली १ का नारन रानाले बताए । उनले भने ”पहिले गाउँमै खनेर जंगलबाट ल्याएर पर्व मनाउदै आएका थियौ, तर अहिले त्यो चलन हट्यो हामी पनि बजारबाटै तल किनेर पर्व मनाउन लागेका छौं ।”
जमिनमुनी फल्ने फलहरुमा विषदी नहुने र पोषणयुक्त हुने भएका कारण पनि यसको छुट्टै महत्व हुने गरेको तानसे नगरपालिका १२ का मेजरसिंह केसीले बताए। उनले भने जमिनमुनी फल्ने यस्ता फलको सेवनले स्वास्थयमा समेत राम्रो हने र प्रकृतिसंगको महत्व समेत या पर्वले राख्ने गरेको बताए ।
मगर समुदायको विषेश पर्वका रुपमा लिइने यो पर्व पछिल्ला वर्षहरुमा सबै समुदायले मनाउने हुँदा पनि कन्दमुलको माग बढेको व्यापारीहरु बताउछन् ।
जंगलको र घरमा उत्पादन गरेका यी फलहरु स्वास्थ्यका लागि उत्तम मानिने र बजारमुल्य समेत राम्रो रहेको यस्ता फलको व्यावसायीक रुपमा उत्पादनमा भने हुन सकेको छैन । तर स्थानीय सरकारले पहलमा यस्को व्यवसायीक रुपमा उत्पान गर्न सके आर्य आर्जनमा वृद्धि हुनुका साथै स्वरोजगारमा समेत टेवा पुग्ने विश्वकस किसानहरुले गरेका छन् ।