पाल्पामा बढ्दै कोरोनाका बिरामी

तानसेन। पाल्पामा पछिल्लो केही दिन यता कोरोना संक्रमणदर उकालो लागेको छ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार अहिले दैनिक रुपमा संक्रमित थपिने क्रम बढेसंगै सक्रिय संक्रमितको संख्यामा समेत वृद्धि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलका अनुसार बिहीबार ७ तथा शुक्रबार ६ जना संक्रमित थपिएका हुन । सूचना अधिकारी पोखरेलका अनुसार हाल जिल्लामा ४४ जना संक्रिय संक्रमित रहेका छन् ।

पछिल्ला केही दिनयता लक्षणसहिका बिरामी बढेको र परीक्षणको दायरा बढाएमा अझै धेरै संक्रमित थपिने क्रमसमेत रहेको छ।

पछिल्लो २४ घण्टामा जिल्लामा पीसीआर विधिबाट ४ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा एकजना संक्रमित भने संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

हाल रहेका सक्रिय संक्रमितमध्ये ४१ जना होम आइसोलेशन तथा अन्य संक्रमित अस्पतालमा उपचाररत रहेको पनि स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer