
पाल्पा । पर्वतमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाउँपालिकाका ३८ वर्षीय प्रित्तम गुरुङ रहेको प्रहरीले जनाएको छ ।
बाग्लुङबाट बर्दियाका लागि छुटेको ग२ख१०१३नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग६प५५७३ नं. मोटरसाइकल एक आपसमा ठोकिकदा मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते भई अस्पताल पुर्याउदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
बसमा सवार १८ जना यात्रु भने सकुशल रहेको पर्वत प्रहरीले जनाएको छ ।