६७ वर्षीया महिलालाई करणी गर्ने पुरुष पक्राउ

तानसेन। जिल्ला प्रहरी कार्यालय पाल्पाले ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निस्दी गाउँपालिका–१, पुर्वमलाङका ५७ वर्षीय उजुर सिं आले रहेका छन् ।

पीडित महिलाले आलेले करणी गरेको उजुरी प्रहरीलाई दिएपछि निजलाई पकउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए ।

निजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया