तानसेन। पाल्पामा एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सडक पूर्वाधार विकास कार्यालय पाल्पाका नायव सुब्बा पदमा कार्यरत ४५ वर्षीय रामबहादुर भुजेल मृत फेला परेको प्रहरीले जनाएको छ।
पर्वतको फलेवास नगरपालिका–४ मुडीकुवा स्थायी घर भएका भुजेल शुक्रवार साँझ आफ्नै कोठामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाका अनुसार भुजेल आफ्नै कोठामा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
विगत दुई वर्षदेखि सडक पूर्वाधार विकास कार्यालयमा कार्यरत रहेका उनको मृत्युको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।