तानसेन। सडक डिभिजन कार्यालय पाल्पाले सडक छेउका घरटहरा हटाउन पुनः सूचना जारी गरेको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत चिडियाखोलादेखि राम्दीसम्मको क्षेत्रका सडक छेउमा रहेका घर टहरा हटाउन एक महिनाको समयावधि तोकेको हो।

सडक छेउमा रहेका घर, टहरा हटाउन पटक पटक सूचना जारी गर्दासेमत घरधनीले अटेरी गरेमा घरधनी स्वयमले खर्च व्यहोर्ने गरी संरचना हटाइने पनि सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

सडक डिभिजन कार्यालयलले एक महिनाभित्र सडक छेउका घर हटाउन तथा अन्यता सार्वजनिक सडक ऐन २०३१ को दफा १९ बमोजिम घर टहरा भत्काउने व्यहोरा पनि उललेख गरेको छ ।

तपाईको प्रतिक्रिया