तानसेन। राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् ।

बुधबार भएको निर्वाचनको मतगणना अनुसार गैरेले प्रदेश सभाको ४५ र स्थानीय तहको प्रमुख र उपप्रमुख गरी १२३ जनप्रतिनिधिको मत पाएर विजयी भएकी हुन् ।

गैरेकी प्रतिस्पर्धी नेकपा एमालेकी भारती खनाल उपाध्यायले भने प्रदेशसभाको ३६ र स्थानीय तहका ८८ जनप्रतिनिधिको मत पाएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया