जिल्ला प्रशासन छेउमा गरिएको नमुना परीक्षणमा ४५ प्रतिशतमा संक्रमण पुष्टि

तानसेन। जिल्ला प्रशासन कार्यालय परिसरमा गरिएको संयुक्त एन्टिजेन परीक्षण ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, तानसेन नगरपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सडकमा हिड्डुल गर्ने एक सय जनाका नमूना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार सामान्य अवस्थाका व्यक्तिमा समेत संक्रमण देखिएको छ ।

लक्षण देखिएका र सामान्य अवस्थाका संक्रमितबाट अन्य व्यक्ति र समुदायमा संक्रमण फैलिन नदिन शिविरको आयोजना नमुना परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले बताए ।

परीक्षणको पहिलो दिन जिल्ला प्रशासनबाट सेवा दिने सेवाग्राही, निजामति सेवाका कर्मचारी, नेपाली सेना, प्रहरीलगायतको परीक्षण गरिएको यो अभियानलाई तानसेनको विभिन्न स्थानमा निरन्तरता दिइने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया