तानसेन। पछिल्लो एकसाता यता पाल्पामा कोरोनाका संक्रमित दैनिक रुपमा बढेका छन् ।

जसका कारण अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या बढेर ६४६ जना पुगेको छ। स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार बुधबार थपिएका १ सय १० जना संक्रमितसंगै हाल जिल्लामा ६४६ जना कोरोनाका सक्रिय संक्रमितर रहेका हुन् ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै तानसेन नगरपालिका भित्रका सबैभन्दा धेरै रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी कृष्णप्रसाद पोखरेलले बताए । सक्रिय संक्रमितमध्ये ११ जना अस्पताल उपचाररत छन भने अन्य संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।

यस्तै पछिल्लो तथ्यांक अनुसार ६ जना संक्रमित भने संक्रमण मुक्त भएको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ।

तपाईको प्रतिक्रिया