कोरोनाका कारण भैरवनाथ मन्दिर भक्तजनका लागि बन्द

तानसेन । कोरोना संक्रमणमा वृद्धि भएसंगै पाल्पाको भैरवस्थान मन्दिर भक्तजनका लागि बन्द गरिएको छ ।

पाल्पासंगै देशभर नै सङ्क्रमण बढ्दै गएपछि मन्दिर व्यवस्थापन समितिले मन्दिरको नृत्य पुजा बाहेकको अन्य पुजामा रोक लगाउने निर्णय गरेको हो ।

देशभरका विभिन्न जिल्लासंगै भारतबाट समेत भक्तजन पुजाका लागि मन्दिरमा पुग्ने हुँदा सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको मन्दिर व्यवस्थान समितिका अध्यक्ष तुल बहादुर अधिकारीले बताए ।

अर्को सूचना नआएसम्मका लागि मन्दिरको नृत्य पुजा बाहेका सबै पुजा रोक गरेर मन्दिर प्रवेशमा समेत रोक लगाइएको अध्यक्ष अधिकारीले बताए ।

सरकारले २५ जना भन्दा धेरै मानिसको भेला हुन तथा भीडभाड हुने सबै स्थान र मठ मन्दिर बन्द गर्न दिएको निर्देशन अुसार पनि मनिदर बन्द गरिएको समितिले जनाएको छ ।

ऐशियाकै ठूलो त्रिशुल, माना पाथीको रोटका साथै पशुको बलीसमेत चड्ने यो मन्दिर कोरोनाले बन्द हुँदा रोट पकाउनेको रोजगारी गुमेको छ भने मन्दिरको आम्दानी समेत घटेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer