
तानसेन। पाल्पाको तानसेन नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।
नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधि गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै आगामी माघ २१ गतेसम्म अत्यवाश्यक बाहेकका सेवा बन्द गरिएको हो ।
नगरपालिकाले ३२ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण भएपछि सेवा बन्द गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।
जनप्रतिनिधि र कर्मचारीमा कोरोना देखिएपछि सेवाग्राही र उनीहरुमार्फत समुदायमा संक्रमण फैलिन सक्ने जोखिमका कारण कार्यालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको अधिकृत पाण्डेले बताए ।
पछिल्लो समय कर्मचारीमा सक्रमण देखिएपछि पाल्पाका अन्य कार्यालयहरु समेत बन्द हुँदै आएका छन् ।