
तानसेन। जिल्ला प्रशासन कार्यालयका पाल्पाका कर्मचारीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले दिएको जानकारी अनुसार कर्मचारीमा कोरोना देखिएपछि आगामी माघ २१ गतेसम्म अत्यावश्यक सेवाबाहेक बन्द गरिएको हो ।
कर्मचारीको नमुना परीक्षण गर्दा नागरिकता फाँटमा काम गर्ने तीन जनामा कोरोना पुष्टि भएको र अन्य केही कर्मचारीलाई समेत कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएको हुँदा कार्यालयका सेवा बन्द गर्नुपरेको प्रजिअ पन्तले बताए ।
कार्यालयमा शान्ति सुरक्षा, मुद्दा, विपद् तथा महामारीजन्य संकट व्यवस्थापन सम्बन्धि अत्यावश्यक सेवा भने यथावत रहेको छ ।
यसैबीच सृवा लिन आउने सेवाग्राहीले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी कोरोना भाइरस विरुद्धको खोल लगाएको कार्ड भने अनिवमर्य रुपमा लिएर आउनु पर्ने स्थानीय प्रशासनले जनाएको छ ।